नियम ५
घर, इमारत, आदिको मुआब्जा निर्धारण गर्दा
कुनै जग्गा प्राप्त गर्दा घर, इमारत, पर्खाल आदि सहित प्राप्त गरेको भए यस नियमावली बमोजिम समिति वा उपसमितिले त्यस्तो घर, इमारत, पर्खाल आदिको मुआब्जा निर्धारण गर्दा ऐनको दफा ११ र नेपाल सरकारले समय समयमा दिएको मार्गदर्शनको अधीनमा रही निर्धारण गर्नु पर्नेछ ।